माघ १, काठामडौँ । काडमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं. ३ मा अवस्थित तारेभिर महोत्सवको ११ वर्षमा प्रवेश भएको छ । वि.सं. २०७० सालबाट सुरू भएको महोत्सव स्थानीय मौलिक उत्पादनको प्रवद्र्धन, रोेजगार र स्थानीय स्तरमा दीगो विकासको लक्ष्य सहित हरेक वर्ष पर्यटन महोत्सवको आयोजना गर्दै आएको छ ।
स्थानीय सरकार गोकर्णेश्वरको आर्थिक सहयोग र केही संघसंस्थाको सहकार्यमा आयोजना हुने सो महोत्सव मनोरञ्जन र नेताको भाषण गर्ने मञ्चमा मात्र सिमित भएको छ । स्थानीय कला, संस्कृति र उत्पादनको वृद्धिदर बढाई त्यस क्षेत्रमा बाह्या तथा आन्तरिक पर्यटन भित्र्याउने उद्देश्य रहेता पनि त्यसो हुन नसकेको स्थानीयहरू बताउँछन् । एक स्थानीयबासीका अनुसार हरेक वर्ष नगरपालिकाको आर्थिक सहयोगमा महोत्सव हुन्छन् त्यसको प्रवद्र्धनभन्दा राजनीतिक दलका नेताहरूको भाषणले प्राथामिकता पाएको छ । नेताहरू आउँछन् भाषण र आश्वासन दिएर जान्छन् कार्यान्वयन भने नगरेको गुणासो छ ।
संघीय राजधानीभित्रै भौतिक पूर्वाधारको हिसाबले पिछाडिएको ठाउँ तारेभिर ११ को अवस्था कहिल्यै फेरिएनन् । तर आयोजक भने राजनीतिक दलमा विभाज हुने गरेको एक स्थानीयबासी बताउँछन् । संघमा जसको सरकार हुन्छन् त्यही अनुसार प्रमुख अतिथि बनाउने होडबाजी चल्ने उक्त महोत्सवमा भौतिक पूर्वाधार र सामाजिक परिवर्तनभन्दा राजनीतिक खिचातानीको आवाज सुन्ने गरेको महोत्सवमा सहभागीहरू बताउँछन् । यस अघिका वर्षहरूमा जसरी महोत्सव मनाए त्यस्कै स्वरूपमै रहेको तर बजेटको हिसाव पछिल्ला बर्षहरूमा खर्चिएको बताएको छ ।
यस अघिका वर्षहरूमा नगरपालिका र वडाको सहकार्यमा स्थानीय महिला, युवा संघसंस्थाहरूको प्रत्यक्ष सहभागीतामा आयोजना भएको महोत्सव यस पटक भने वडा नं. ३ लाई आयोजकको रूपमा देखाएको छ । जहाँ स्थानीय महिला, युवाहरूको क्षमता अभिवृद्धि र व्यक्तित्व विकाससंग जोडिएको सो महोत्सव जनप्रतिनिधिकै रजाई भएपछि शंका गर्ने वातावरण सिर्जना भएको स्थानीयहरू बताउँछन् । वडा सदस्य स्वयंम त्यस महोत्सवको संयोजक रहेकाले यस पटक स्थानीय महिला संघसंस्था र युवा संघसंस्थाहरूको सहभागीता निकै न्यून देखिन्छ ।
भौतिक पूर्वाधारको विकास र सामाजिक परिवर्तनमा स्थानीय युवा तथा महिला समूहहरूले नेतृत्व गरेको संघसंस्थालाई अवसर नदिइ जनप्रतिनिधिको स्तरबाट व्यवस्थापन लगायत कार्यमा हस्ताक्षेप भएपछि त्यहाँ पारदर्शीताको प्रश्न तेर्सिएको छ । आर्थिक लोभकै लागि जनप्रतिनिधि स्वयम् संलग्न भएको आरोपका बीच भएको सो महोत्सवमा नेकपा एमालेबाट बनेका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहाल आएर आज उद्घाटन गरेका छन् ।
महोत्सवको उद्घाटनसंगै मन्त्री दाहालले नेपाल बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यको रूपमा रहेकाले विदेशी मुद्रा आर्जनका लागि यो क्षेत्र उपयोगी रहेको बताए। मौलिक पर्यटकीय गन्तव्यसम्म सडक एवं पूर्वाधारको विकास र विस्तार गरी ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन सकिने भएकाले यसका लागि सरकार प्रतिबद्ध रहेको बताए। मन्त्री दाहाल जस्तै यस अघिका प्रमुख अतिथि, विशेष अतिथिहरूले पनि तारेभिरको विकास र आर्थिक समृद्धिको चाहा गराएपनि त्यसको लागि एक सिन्को काम नगरेको स्थानीयहरूको गुनासो छ ।
महोत्सवमा बोल्ने क्रममा चक्रपथ निर्माण भएमा काठमाडौंमा रहेका दर्जनौँ ग्रामीण बस्तीको जनजीवन सहज हुनुका साथै आर्थिक गतिविधिसमेत चलायमान हुने बागमती प्रदेशका पूर्वभौतिक पूर्वाधारमन्त्री रामेश्वर फुँयालले बताए। यसमा पनि स्थानीयको साझा पहल भएमा मात्र सम्भव छ ।
७० सालदेखि सुरू भएको महोत्सवले मात्र बजेट सकाउने काम गरेको र महोत्सवको औचित्य पूरा गर्न नसकिएको नगरवासीहरूले बताएका छन् । नगरपालिकाले बजेट लगानी भएपछि त्यसको उपलब्धी देख्न चाहेका स्थानीयहरू मोटर बाटो समेत दीर्घकालीन रूपमा बन्न नसकिएकोमा दुःख व्यक्त गरेका छन् । नगरको वर्षेनी खर्च गरेर आयोजना भएको महोत्सव एघारौ वर्षसम्म आइपुग्दा बाटोको समस्या त छदै छ, स्थानीयहरूले स्थानीय उत्पादन वा परिकार या हो भनेर चिनाउन नसक्नुमा प्रश्न उब्जाएको छ । महोत्वले कुनै निश्चित क्षेत्रको दीगो विकास र पर्यटन प्रवद्र्धनका लागि गरेको देख्न पाउने स्थानीयहरूको आशा भएता पनि राजनीतिक भागबन्डा र हस्ताक्षेपका कारण परिवर्तन हुन नसकिएको धारणाहरू सार्वजनिक भएको छ ।

