सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको राप्रपाकाे टिप्पणी

पुस २७, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको टिप्पणी गरेका छन्।

पृथ्वीनारायण शाहको ३०३ औं जन्मयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार काठमाडौंको भृकुटीमण्डपमा जलपान कार्यक्रमको आयोजना गर्दै लिङ्देनले नियमित रुपमा बोलाउनुपर्ने संसद नवोलाएर अध्यादेश ल्याउने कामले सरकार सर्वसत्तावादतर्फउन्मुख देखिएको टिप्पणी गरेका हुन्।

देशलाई अध्यादेशको बाटोतर्फ लैजानुले सरकारको नियत स्पष्ट भएको उनले बताए। अध्यक्ष लिङ्देनले भने, ‘यो सरकार सर्वसत्तावादतर्फ गइराखेको छ । नियमित रुपमा बोलाउनुपर्ने संसद् नबोलाएर देश अध्यादेशको बाटोमा लैजानुभनेको यो सरकारको नियत के हो भन्ने कुरा यसैबाट प्रष्ट हुन्छ । यो सरकार प्रजातन्त्र र बहुदलीय व्यवस्थासमेत मास्न चाहन्छ । यसको हामीले सशक्त प्रतिवाद गर्छौं।’

लिङ्देनले सरकारले बहुदलीय व्यवस्था र प्रजातन्त्र समेत मास्न खोजेको आरोप लगाउदै शसक्त प्रतिवाद गर्ने बताए। त्यस्तै उनले राष्ट्रिय एकता दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिनु उपलव्धीपूर्ण रहेको भन्दै अर्को बर्ष सरकार आफैंले दिवस मनाउनुपर्ने सुझाव दिए।

जलपान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, सरकारका मन्त्रीहरु, बिभिन्न दलका नेता कार्यकता तथा शुभेच्छुक लगाएतको उपस्थीति रहेको थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.