बियोन्ड ब्यूटी एकेडेमीको दोस्रो वार्षिकोत्सव सम्पन्न
संसारको जुनसुकै कुनामा पनि ब्यूटिसियनको महत्व छ – शौन्दर्यविद् प्रा.डा. श्रेष्ठ
पुस २४, काठमाडौँ । शौन्दर्य शिक्षण सिकाइको रूपमा आकर्षित रहेको बसुन्धाराको बियोन्ड ब्यूटी एकेडेमीले दोस्रो बार्षिकोत्सव मनाएको छ ।
आज (वुधबार) काठमाडौँमा औपचारिक तथा विविध साँस्कृतिक कार्यक्रमकावीच केक काटेर दोस्रो बार्षिकोत्सव मनाएका हुन् । उक्त कार्यक्रम वरिष्ट शौन्दर्यविद् प्राध्यापक डा. राजश्री श्रेष्ठले उद्घाटन गरेकी हुन् । प्रा.डा. श्रेष्ठले शुभकामना तथा बधाई दिदै बियोन्ड ब्यूटि एकेडेमीले छोटो समयमै नेपाली समुदायमाझ शौन्दर्यको महत्वलाई बुझाउन सफल भएकोमा खुशी व्यक्त गरिन् । नेपालमा शौन्दर्यको इतिहास ५० वर्ष अगाडीदेखि नै सुरू भएता पनि तालिम भने विदेशमा गएर लिनुपर्ने अवस्था थियो । अहिले हरेक शहरदेखि गाउँसम्म ब्यूटिपार्लर र प्रशिक्षण केन्द्रहरूको वृद्धि हुँदा सीप र स्वरोजगारको क्षेत्रमा निकै योगदान पु¥याएको बताईन् । प्रा.डा. श्रेष्ठले सीप जीवन निर्वाह गर्न महत्वपूर्ण विषय रहेको उल्लेख गर्दै सीप विकासको ज्ञान भएमा जस्तोसुकै परिस्थितिलाई सामना गर्न सकिने बताईन् । संसारको जुनसुकै कुनामा ब्यूटिसियनको महत्व रहेको बताउँदै जीवन निर्वाह गर्ने पेसाको रूपमा अवलम्बन गर्न सुझाव दिइन् ।

त्यस्तै सो तालिम केन्द्रको परिकल्पनाकार तथा ओमेगा इन्टरनेशनल प्रा.लि. का सञ्चालक राजकुमार राइले मनभित्रको पिडालाई मलहमपट्टि लगाउन बियोन्ड ब्यूटि एकेडेमीको स्थापना भएको बताए । सीप र ज्ञान विना अहिलेको समयमा कुनै कार्य सम्भव नरहेको बताउँदै वैदेशिक रोजगारमा जानेहरू सीप तथा प्राविधिक ज्ञानको तालिम लिनुपर्ने बताए । वर्तमानको कडा मिहेनत र सिकाइले भविश्यमा जिउने आधार तय गर्ने भएकोले महिला दिदीबहिनीको लागि ब्यूटिसियन तालिम उपयोगी हुने बताए । वैदेशिक रोजगार व्यवसायी राईले ब्यूटिसियन भनेको कलाकार हुन्, जसले कला निर्माण गर्छन् । सुन्दरताको पखाईमा दुनियाँ छ त्यसतर्फ लाग्न प्रशिक्षार्थी र अवसरको खोजि गर्नेहरू आग्रह गरे । उनले थप्दै भने चुनौतिलाई स्वीकार गर्न सकिए परिस्कृत हुन्छ । सीपमा परिस्कृत भएन भने काम गर्दैनन्, त्यसैले परिस्कृत हुन जरूरी छ । बियोन्डले प्रशिक्षार्थीहरूको भविश्यलाई सुनिश्चितता गरिने बताउँदै रोजगार व्यवायी राइले आर्थिक रूपमा जीन्दगीमा परिवर्तन गराउँछ भने सीप र प्राविधिक ज्ञानमा लगानी गर्न सुझाव दिए ।

कार्यक्रममा अतिथि समेत रहेका सिनियर प्रशिक्षक शोभा अर्यालले सूचना प्रविधिको युगमा आएको चुनौतिका बाबजुद ब्यूटिपार्लरका विभिन्न विधामा तालिमहरू अगाडी बढिरहेको बताइन् । उनले सीप सिकेर पेसालाई सम्मानजनक र खुलेर अवलम्बन गर्नुपर्ने बताईन् । शौन्दर्य जीवनसंग जोडिएको हुँदा संवेदनशीलतालाई ख्याल गर्दै पेसाको व्यापकता बढाउनुपर्ने बताईन् ।

दोस्रो बार्षिकोत्सवसम्म आईपुग्दा बियोन्डले देशभरका प्रशिक्षार्थीहरूलाई तालिम दिन सफल भएको भन्दै प्रमुख प्रशिक्षक अन्जना राइले खुशी व्यक्त गरिन् । बियोन्डले अग्रजलाई पछ्याउँदै नयाँ पुस्तालाई प्रेरणा दिने कार्यमा कन्जुस्याँइ नगरेको बताईन् । जुनसुकै क्षेत्रमा पाइला टेक्दा असहज भएपनि हतास नभई मनमा दृढ संकल्पाका साथ लाग्दा सफलता हासिल गर्न सकिने बताइन् । उनले आफुलाई निखारर्ने प्लेटफर्मको रूपमा बियोन्डले सघाएको बताइन् ।

बियोन्ड ब्यूटि एकेडेमीका सञ्चालक तथा कार्यक्रमका सभापति विनिता राईले दुइ वर्षको अन्तरालमा प्रशिक्षकहरूको तनमनबाट बियोन्डलाई अगाडी बढाउन सफल भएको बताइन् । व्यवसायिक दक्ष प्रशिक्षकहरूबाट तालिम सेवा प्रदान गर्दै आएको एकेडेमीबाट हालसम्मा ७ सय ५२ जना जनशक्ति उत्पादन गर्न सफल भएको बताईन् । आफ्नो लक्ष्यमा पुग्न सबै प्रशिक्षार्थीहरूले आफ्नो तनमनबाट लाग्न आग्रह गरिन् ।

कार्यक्रममा शौन्दर्य प्रशिक्षकहरू रूक्सा वैद्य, सोनिका रञ्जित, लक्ष्मी महत, उषा गुरूङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । दोस्रो बार्षिकोत्सवको अवसरमा आयोजित त्यस कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुतिहरू देखाएका थिए । प्रस्तुतिबाट प्रथम हुने कलाकारहरूलाई ओमेगा इन्टरनेशनल प्रा.लि.को तर्फबाट रू. दश हजार राशीबाट पुस्कृत गराएका थिए ।


