राष्ट्रपति रनिङ शिल्डको उपाधी ईष्टपोललाई

पुस २०, काठमाडौं । गोकर्णेश्वर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी ईष्टपोल  मा.बि. ले जितेको छ।

पौष १५ देखि २० गते सम्म भएको प्रतियोगितामा ९ स्वर्ण १४ रजत र १० कास्य पदक सहित ईष्टपोल मा.बि. प्रथम भएको हो।यसै गरी ९ स्वर्ण ६ रजत र ५ कास्य पदक जितेको मनकामना मा. बि.दोस्रो,६ स्वर्ण ८ रजत २ कास्य पदक सहित चामुण्डा मा.बि. टिम तेस्रो भएको छ। कुल ६६ स्वर्णका लागि भएको प्रतिस्पर्धामा गोकर्णेश्वर नगरपालिका भित्रका ३४ बिधालयको सहभागिता रहेको थियो।

पदक बिजेता खेलाडीहरु लाई गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल,उपमेयर सान्ननी लामा,नगरपालिकाका कार्यकारी प्रमुख याम नारायण गौली,वडा न ९ का अध्यक्ष राजिब थापा लगायतले मेडल तथा प्रमाणपत्र बितरण गरेका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.