तमू ल्होसार पर्वले आपसी सद्भाव र प्रेम बढाउनेमा विश्वास – अध्यक्ष गुरूङ

पुस १४, काठमाडौँ । नेपाल तमू संघ (समाजवादी) केन्द्रीय कमिटीका अध्यक्ष गंगा गुरूङद्वारा तमू ल्होछारको अवसरमा विज्ञप्तीमार्फत शुभकामना सन्देश प्रदान गरेका छन् ।

नेपाल विभिन्न जातजाति, भेषभुषा तथा साँस्कृतिक रूपमा साँझा फुलबारी रहेको उल्लेख गर्दै गुरूङ समुदायको साँस्कृतिक पर्व ल्होसारको अवसरमा देशविदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष गुरूङले शुभकामना सन्देश जारी गर्दै  गुरूङ समुदायको मौलिक संस्कृति तमू ल्होसार पर्वले आपसी सद्भाव र प्रेम बढाउनेमा विश्वास व्यक्त गरेका छन् ।

विभिन्न जातिहरूमध्ये गुरूङ समुदायको मौलिक पहिचान र जाति विशेषको आधारमा धार्मिक, साँस्कृतिक सामाजिक दृष्टिकोणले (तोला) तमू ल्होछार गुरूङ समुदायको विशेष पर्व रहेको विज्ञप्तीमा उल्लेख छ । ल्होसार मनाउनेहरूले गणतन्त्र ल्याएको बताउँदै गणतन्त्रमा ल्होसार वा ल्होछारको विदा दिएको भनाईप्रति फरक मत राखेका छन् ।

नेकपा (एकीकृत समाजवादी) निकट जनवर्गीय संगठन नेपाल तमू संघले नेपालको राजनीतिक आन्दोलन र परिवर्तनमा आफ्नो योगदान पु¥याउदै आएको र पहिचान र राष्ट्रिय समृद्धिको पक्षमा निरन्तर सकारात्मक भूमिका निभाउने जनाएको छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.