रोशी- १ का वडाध्यक्ष लामाको निधन

पालिकामा शोक बिदा

पुस ८, काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ।

डेढ वर्षदेखि क्यान्सर रोगको उपचार गर्दै आएका लामाको आइतबार साँझ वीर अस्पतालमा उपचारकै क्रममा निधन भएको हो।

लामाको आज (सोमबार) काठमाडौंस्थित स्वयभूमा सामाजिक परम्पराअनुसार अन्त्यष्टि गर्ने कार्यक्रम रहेको छ। ६९ वर्षीय लामा विसं २०७४ को स्थानीय तहको निर्वाचनमा पनि सोही वडामा नेकपा (एमाले) को तर्फबाट अध्यक्षमा निर्वाचित भएका थिए।

लामाको निधनको शोकमा आज गाउँपालिकाले बिदा दिएको छ। एमालेका जिल्ला सचिवालय सदस्यसमेत रहेका लामाको निधनमा काभ्रेपलाञ्चोक एमालेले शोक विज्ञप्ति जारी गरी पार्टीको कुशल, जुझारु र जनप्रिय जनप्रतिनिधि गुमाएकोमा दुःख व्यक्त गरेको छ।

आज पालिकामा शोक बिदा

उनको निधनको शोकमा आज पालिकामा शोक बिदा दिइएको छ। रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तनाले जारी गरेको शोक विज्ञप्तिमा आज पुस ८ गते पालिकाभर शोक बिदा दिइको उल्लेख छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.