मंसिर १८, काठमाडौँ । सामाजिक न्यायका लागि सहयात्री अन्तर्राष्ट्रिय गठबन्धन (सहयात्रा–इन्टरनेशनल एलाइन्स फर सोसल जस्टिक) को आयोजनामा जातिमुक्त विश्वका लागि विश्वव्यापी सम्मेलन–२०२५ को आयोजना गर्ने भएको छ ।
विश्वमा भइरहेको जातिय, रंग, वंशजको आधारमा भइरहेको अमानवीय व्यवहार तथा सामाजिक भेदभावको अन्त्य गर्न सहयात्रा क्यानडाको समन्वयमा दक्षिण यसिया तथा नर्थ अमेरिकामा रहेका विभिन्न संघसंस्थाहरूको सहभागीतामा आगामी मे २५ देखि २७ सम्म क्यानडाको टोरोन्टो सहरमा ‘समानता, सामाजिक न्याय र जाति व्यवस्थाको उन्मूलनका लागि ऐक्यबद्धता निर्माण गर्ने’ भन्ने मूल नाराका साथ उक्त सम्मेलन गरिने पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
सम्मेलनले जातिय बिभेद तथा छुवाछुत अन्यत्यका लगाी सरकारी निकाय, नीति निर्माता, अधिकारकर्मी नागरिक समाज बिभिन्न संघ संस्था संगठनका प्रतिनधि ब्यवसायी, शैक्षिक अनुसन्धान, पत्रकार, बिद्धानहरु र बिद्याथीहरुबिच ज्ञान आदानप्रदान गर्ने साझा फोरमको बिकास गर्न सबै लाई एकै ठाउँमा ल्याउने लक्ष्य राखेको मूल आयोजक समितिले बताएको छ ।
अन्तराष्ट्रिय कानून र यसको कार्यन्वयन समिक्षा विभेदको अन्त्यका लागी अन्तराष्ट्रिय रुपमा भएका प्रयासहरुको जानकारी ज्ञान हस्तान्तरण, बिश्वभरी भएका दलित सम्बन्धी अध्ययन अनुसन्धान बिषयमा जानकारी गराउने लगायत विभेद अन्त्यका लागी उत्तम अभ्यास र समाधानका उपायहरु संगठनात्मक बिकास र आगामी रणनीती तथा समतामूलक र सामाजिक न्यायपूर्ण समाजका निर्माणका बिषयका सवालहरुमा अर्थपूर्ण छलफल तथा बहसमा सम्मेलन केन्द्रित हुने छ भने सम्मेलनमा विश्व भरी छरिएर रहेका करीब ५०० जनाको सहभागीता रहने छ ।
प्रेस नोट



