बयानका लागि रवि लामिछानेलाई भोलि काठमाडौं ल्याइने

मंसिर १०, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई मंगलबार बयानका लागि काठमाडौं ल्याइने भएको छ।

सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई पोखरामा बयान सकिएसँगै काठमाडौं ल्याउने भएको हो। उनलाई काठमाडौं ल्याउन बुद्ध एयरको भोलि बिहान साढे आठ बजेको टिकट बुकिङ गरिएको बताइएको छ। कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौं ल्याउन लागिएको हो।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी अनुसन्धानका लागि उनको बयान लिइनेछ। बयान गराएर फेरि पोखरामै फर्काइने छ। उनलाई यो बीचमा बयानका लागि रुपन्देही लगिएको थियो। काठमाडौंमा भने लामिछानेविरुद्ध कालिमाटीमा मुख्यालय रहेको स्वर्णलक्ष्मी सहकारीमा ठगी गरेको आरोप छ। हिजोमात्रै लामिछाने कास्की जिल्ला अदालतले १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.