सभ्य र सुन्दर समाज निर्माणको अभियानमा वडा अध्यक्ष छिरिङ

प्रारम्भ संवाददाता
असोज १० हेलम्बु । हेलम्बु गाउँपालिका २ किउलको आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

आफ्नो गाउँ ठाँउ आफै बनाउन अभियान स्वरुप हेलम्बु गाउँपालिका २ किउलले वडालाई सफा र सुन्दर बनाउनको लागि वडा कार्यालयले नै सरसफाइ कार्यक्रम आयोजना गरेको वडा अध्यक्ष छिरिङ ग्याल्बो लामाले जानकारी दिनुभयो । कार्यक्रममा वडाका सक्रिय युवा महिला तथा समाजिक अभियान्त र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

वरिपरिको बाताबरण सफा र सुन्दर राखेमा सभ्य र सुन्दर समाज निर्माण गर्न प्रेरणा मिल्ने र यसले समाजमा राम्रो पाठ सिकाउने भएकोले सुरुवात आफै बाट गर्ने बानिको बिकास गर्न र यस्तो खाल्को महत्त्वपूर्ण अभियानमा सबै वडा बासिहरुले साथ दिन अध्यक्ष लामाले आग्रह गर्नुभयो ।

कार्यक्रममा विभिन्न ठाँउको फोहोरहरु लाई जम्मा परि ब्यवस्थापन गरेको र आगमी दिनमा पनि यस वडाले यस्तो खाल्को ससक्त अभियान निरन्तर रुपमा सञ्चालन गर्ने जानकारी दिनु भयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.