आपराधिक पृष्ठभूमिका सत्यमान लामा पक्राउ

मंसिर ३, काठमाडौं । काठमाडौं । आपराधिक पृष्ठभूमिका काभ्रेको तेमालका सत्यमान लामा पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दामा दुई वर्ष कैद सजाय तोकिएका लामालाई प्रहरी वृत्त मालिगाउँको टोलीले सोमबार (आज) बिहान पक्राउ गरेको हो ।

काभ्रेको तेमाल घर भई काठमाडौं महानगरपालिका–४ बस्दै आएका लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जनाएका छन् । लामालाई जिल्ला अदालत काठमाडौंले २०८० चैत २७ गते २ वर्ष कैद र ३० लाख बिगो र ३० लाख जरिवाना सजाय हुने फैसला गरेको थियो । सत्यमान दावा लामाका सहयोगी पनि हुन् । उनी बुद्धचित्त र रक्तचन्दन व्यापारमा पनि मुछिएका थिए । २०७५ सालमा किसानको बुद्धचित्त माला लुटपाट गरेको आरोपमा पनि उनी पक्राउ परेका थिए ।

सत्यमान पटक–पटक ठगी गरेको आरोपमा पक्राउ परेका थिए । उनलाई अपराध महाशाखाले काभ्रेको तेमालमा भूकम्प पीडितका लागि अस्पताल बनाउँछु भनी एक करोड ७५ लाख ठगेको आरोपमा पक्राउ गरेको थियो । प्रवक्ता एसपी अधिकारीले पक्राउ परेका लामालाई सजाय भुक्तानीका लागि अदालतमा उपस्थित गराएर कारागार पठाइने जनाएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.