कार्तिक २९, काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, गाम्छामा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन्। ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र दुई महिनाका बालक मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
सीताका श्रीमान् कान्छा नगरकोटीले श्रीमती र दुई छोराछोरी हराएको भन्दै प्रहरीलाई खबर गरेका थिए। प्रहरीले स्थानीयसँग मिलेर घरको ढोका फोडेर हेर्दा भित्रै शव भेटिएको जनाएको छ।
उनीहरुको शव धेरै दिन पुरानो भएको आशंका प्रहरीले गरेको छ। शवको प्रकृति हेर्दा तीनै जनाको कम्तीमा दुई साताअघि मृत्यु भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ।

