डीभीको आवेदन असोज १७ देखि खुल्ने

असोज १०, काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा लोटरी (डि.भी) कार्यक्रम २०२० का लागि असोज १७ देखि आवेदन खुल्ने भएको छ ।

आवेदन दर्ता अवधि नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुने गरी खुल्ने बताइएको छ । नेपालस्थित अमेरिकी दूताबासले डीभी चिट्ठामा सहभागी हुन शुल्क नलाग्ने बताएको छ । यसका साथै दूताबासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ ।

सन् २०२० को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई.डि.भी) आवेदन फारम भर्नु पर्नेछ। डीभीको आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्नेछ । यही नम्बरका आधारमा डीभीका लागि छनोटमा भए नभएको ७ मे २०१९ पछि हेर्न सकिने नेपाल स्थित अमेरिकि दुतावासले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.