बागलुङ बस दुर्घटना हुँदा २१ जना घाइते

कात्तिक २१, बागलुङ । बागलुङमा बुधबार बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।

रुकुमदेखि काठमाडौँका लागि छुटेको ना ८ ख ८४१४ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटनामा परेको हो। दुर्घटनामा परेका सबै घाइतेलाई बुर्तिबाङ प्राथमिक केन्द्र बागलुङमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्मा चिलवालले जानकारी दिनुभयो। गाडीमा ४० यात्रु सवार रहेको प्रहरीको भनाइ छ।

हाल प्रहरी र स्थानीयले उद्धार गरिरहेको प्रहरी निरीक्षक चिलवालले बताउनुभयो। उहाँका अनुसार बुर्तिबाङबाट थप प्रहरी पठाइएको छ। थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.