रोशि ३ मा चोरको बिगबिग, भन्ज्याङकी ६६ बर्षीय महिला मृत अवस्थामा फेला

कार्तिक १६, काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा न ३ भन्ज्याङकी ६६ बर्षीय माइली लामाको आफ्नै घरभित्र रगतमा लतपतिएको अवस्थामा शव फेला परेको छ ।

खहरेपागु प्रहरी चौकीको अनुसार आज रोशी–३ भन्ज्याङकी ६६ बर्षीय माइली लामा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन । रगतमा लत्पतिएको  अवस्थामा रहेको महिलाको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी निरीक्षक कृष्ण गिरिको कमाण्डमा प्रहरी घटनास्थल तर्फ जादैै छ । मृतक लामाको ३ छोरा र तीन छोरी भएपनी मृतक दम्पती मात्र त्यहा बस्ने गरेको स्थानीयले जानकारी दिएको छ ।

घरमा माला उनिरहेको बेला आएको केही अपरिचित व्यक्तिले २ तोला सुन, नगद चोरी गरि हत्या गरेको  आशंकामा काभ्रेजिल्लाबाट प्रहरीको अनुसन्धान टोलि समेत त्यसतर्फ गएको जनाएको छ । उनका श्रीमान साइलाकाजी तामाङ पसल गएको बेला मृतक महिला घरमा एक्लै रहेको उनको परिवारले जानकारी दिएको छ ।

 

विहानै उनका एक छोराले खर्च दिएको र केही अपरिचित व्यक्तिहरु बोका किन्न भनि आएको उनको स्थानीयले बताए । त्यस क्षेत्रमा पछिलो समय चोरिको  बिगबिगी बढेको स्थानीयहरुको गुनासो रहेको छ। केही महिना अगाडि मात्र शिखरको तल्लो गाउँमा कोही नभएको मौका छोपी केही नगद तथा जेन्सी सामग्रीहरु चोरीमा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरिएको छ ।

त्यस्तै गाँजा लगायत लागू पदार्थ सेवन गरेर सार्वजनिक सम्पत्तिहरू तोडफोड गर्ने र पार्किङ गरेर राखेको जेसीबी लगायत सवारी  साधनहरुलाई तोडफोड गरेको अभियोगमा केही युवाहरुलाई कारबाही गरिएको जानकारी आएको छ।

पछिल्लो समयमा वृद्ध वृद्धाहरू मात्र रहेको गाउँमा अपराधिक गतिविधिहरू बढ्दै गएको भन्दै स्थानीयहरू डर र त्रासमा बस्नुपर्ने बाध्यता रहेको भन्दै स्थानीयहरूले जनधनको सुरक्षाको माग गरिरहेका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.