कार्तिक १४, काठमाडौं। दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनिसपको उपाधि बंगलादेशले जितेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो। खेलको ५२औ मिनेटमा बंगलादेशले गोल गर्दै १–० को अग्रता लिएको थियो भने खेलको ५५औं मिनेटमा नेपालका लागि अमिशा कार्कीले गोल गर्दै खेल बराबरी गरेकी थिइन्। तर खेलको ८० औँ मिनेटमा गोल गर्दै बंगलादेशले २–१ को अग्रता लिएको थियो। त्यसपछि भने नेपालले गोल फर्काउन सकेन।
योसँगै बंगलादेशले लगातर दोस्रो पटक साफको उपाधि जितेको छ। बंगलादेशले २०२२ को साफ फाइनलमा पनि नेपाललाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो। त्यस्तै नेपालले भने यो सहित छैटौं पटक साफको फाइनलमा पराजित भएको छ।

