‘सिधा कुरा’ले अदालतको मानहानि गरेको ठहर, तीनै जनालाई कैद

असोज १३, काठमाडौं । सर्वोच्च अदालतले ‘सिधा कुरा अनलाइनबाट प्रसारित सामग्रीबाट अदालतको मानहानि भएको ठहर गरेको छ ।

सर्वोच्चको वृहत्‌पूर्ण इजलासले आइतबार अडियो रेकर्ड गरेका भनिएका राजकुमार तिमल्सिनालाई ६ महिना र सिधा कुराका सम्पादक युवराज कँडेल र नवीन ढुंगानालाई तीन महिना कैद सजाय सुनाएको छ । कँडेल र ढुंगानाले लिखितरूपमा अदालतसमक्ष माफी मागे सात दिनमात्रै कैद बसे पुग्ने छ ।

यसैगरी, सिधा कुरा अनलाइनलाई पाँच हजार जरिवाना तोकिएको छ । अनलाइनले लिखितरूपमा माफी मागे जरिवाना पनि माफी हुने छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.