ठमेलमा गुण्डागर्दी गर्ने ६३ जना पक्राउ

असोज ७, काठमाडौँ । काठमाडौँको ठमेलबाट ६३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत लैनचौर सोह्रखुट्टेले ठमेलस्थित एक रेस्टुरेन्टबाट आइतबार राति ६३ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरी वृत्त लैनचौरका अनुसार राति रेस्टुरेन्टमा होहल्ला गर्ने, गुण्डागर्दी गर्नेहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सोनाम गुरुङ, विनोद रावल, निराजन डाँगी, राजन गिरी, विकास सिजापती, सेकेन्धर सुनार, ऋषि योगी, दिनेश विष्ट, सुशान्त भुल, विमल मगर, सुमन क्षेत्री, सम्राज परियार, सरोज थापामगर, प्रज्वल बस्नेत, आकाश सुनार, सरोज नेपाली, निराजन गिरी, विश्व श्रेष्ठ, पङ्कज गुरुङ र माधव खतिवडा छन् ।

यसैगरी पुष्प खत्री, विनोद रावल, सेक्सपियर थापा, परम बडुवाल, सुनिल भण्डारी, गौरव कठायत, कमल सिंह ठकुरी, दीपेन्द्र बोहोरा, सन्तोष राई, स्रवन राई, निरज गुरुङ, धनबहादुर शाही, बालकृष्ण मगर, आनन्द श्रेष्ठ, सुमन लामा, धिरज माझी, निरण लामा, निरज भुजेल, सन्जय श्रेष्ठ, मन्जिन खनाल, प्रतीक महत र विकास महर्जनसहित ६३ जनालाई पक्राउ गरेको लैनचौर प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि छानबिन सुरु भएकाले मुद्दा चलाउने नचलाउनेबारे निर्क्यौल हुने लैनचौर प्रहरी वृत्तले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.