अन्तर्वार्ताबाट राप्रपाले मिस नेपालसहित २० युवालाई बनायो केन्द्रीय सदस्य

असोज १, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्यमा छनोट गरेको छ ।

राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्षमुनिका २० युवलाई केन्द्रीय कार्यसमितिमा लैजान बनेको छनोट समितिले विभिन्न आधारमा छनोट गरेका युवाहरुलाई अन्तर्वार्तापछि १० महिना र १० पुरुषलाई केन्द्रीय सदस्यमा छनोट गरेको थियो । अन्तर्वार्तापछि मिस नेपाल वर्ल्ड २०२४ आश्माकुमारी केसी पनि केन्द्रीय सदस्यमा छनोट भएकी हुन् । तयस्तै, दार्चुलाका अशोक सिंह सम्राट, कैलालीका लोकेन्द्र कुँवर, काठमाडौंका विनोद श्रेष्ठ, कास्कीका अरुण गिरी, सिन्धुपाल्चोकका ईन्जिनियर गोपीकृष्ण चौलागाई, दाङका शिवकुमार चौधरी, सुर्खेतका रविकिरण हमाल, पश्चिम नवलपरासीका नवतीत कुमार मिश्र, काठमाडौंका समीर शर्मा र युके प्रवासका डा। डेभिड थापा राप्रपा केन्द्रीय सदस्य बनेका छन् ।

त्यस्तै, धादिङ्की बिना लामा, पर्साकी बिना जयसवाल, सिन्धुपाल्चोककी लक्ष्मी (नानी) थापा, सुनसरीकी नजियाँ खातुन मिया, ललितपुरकी ईञ्जिनियर सजिना कार्की, सल्यानकी अनिशा नेपाली, तनहुँकी रेजिना श्रेष्ठ, काभ्रेपलाञ्चोककी ईञ्जिनियर दीपा श्रेष्ठ, मिस नेपाल वर्ल्ड २०२४, काठमाडौंकी आश्माकुमारी केसी र हुम्लाकी तारा जैसी पनि राप्रपा केन्द्रीय सदस्य छनोट भएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.