भदौ ३१, काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठताका आधारमा राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीशका लागि न्याय परिषद्ले आठजना सम्भावित न्यायाधीशहरूको सूची संवैधानिक परिषद्मा पठाएको थियो ।
जसमा राउतसँगै न्यायाधीशहरू सपनाप्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी थिए । अब संसद्को संसदीय सुनुवाइ समितिले राउतको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले उनलाई नियुक्त गर्ने छन् ।

