ईडब्लूएल: काठमाडौं स्पाइकर्सद्वारा आफ्नो विदेशी स्टार खेलाडीको घोषणा

भदौ २९, काठमाडौँ । काठमाडौं स्पाइकर्सले आगामी वात्सल्य एभरेष्ट महिला भलिबल लिग २०२४ का लागि विदेशी खेलाडीका रूपमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त भलिबल खेलाडी सेटर एन्ड्रिया त्सभेतानोभालाई अनुबन्ध गरेको छ ।

बुल्गेरियाकी प्रतिष्ठित र अनुभवी भलिबल खेलाडी एन्ड्रिया त्सभेतानोभा काठमाडौं स्पाइकर्समा सामेल भएकी हुन् । सेटर त्सभेतानोभा फुर्तिलो,जोशिलो र रणनीतिक खेलका लागि प्रख्यात उनले NCAA, NJCA, MECA, NIVC र बुल्गेरियन लीगहरू सहित शीर्षस्तरका लीगहरूमा उत्कृष्ट प्रदर्शन गर्नुका साथै बुल्गेरियन ऋभ्ख् च्याम्पियन्स लिग र FIVB क्लब विश्व च्याम्पियनशिपमा उल्लेखनीय प्रदर्शन मार्फत् महत्त्वपूर्ण सफलता हासिल गरेकी छिन् । उनले विश्व च्याम्पियनशिप पदक र कन्टिनेन्टल टाइटलसँगै सर्भिस, डिफेन्स, लिडरशिप र खेलभावनाका लागि विभिन्न पुरस्कारहरू प्राप्त गरेकी छिन्। त्सभेतानोभाको प्रभावशाली करियर काठमाण्डु स्पाइकर्सको लागि मूल्यवान हुनेछ। काठमाडौं स्पाइकर्समा आवद्ध भएकी त्सभेतानोभाको उमेर २४ वर्ष रहनुका साथै १७८ सेन्टिमिटर उचाइकी छिन् ।

सकाठमाडौं स्पाइकर्सका सीओओ सुदिक्षा अधिकारीले भनिन्, ‘हामीले बलियो र सन्तुलित टोली निर्माण गर्ने प्रतिबद्धता अनुरुप सेटर एन्ड्रिया त्सभेतानोभालाई अनुबन्ध गरेका हौँ।’ हामीलाई विश्वास छ उनले ल्याउने अन्तर्राष्ट्रिय अनुभव र विजयी मानसिकताले लिगमा हाम्रो प्रदर्शनमा सकारात्मक प्रभाव पार्नेछ। उनको खेल कौशल हाम्रा स्थानीय खेलाडीहरूसँग कसरी मिसिन्छ भनेर हेर्न हामी उत्सुक छौं।” काठमाडौं स्पाइकर्समा सामेल हुँदाको उत्साह व्यक्त गर्दै एन्ड्रिया त्सभेतानोभाले भनिन्– ‘यस्तो डाइनामिक र महत्वाकांक्षी टिमको हिस्सा हुन पाउँदा मैले सम्मानित अनुभव गरेको छु। भलिबल मेरो लागि खेल मात्र नभई जुनून हो र म आफूले ल्याएको अनुभव प्रयोग गरेर स्पाइकरहरूलाई उच्चस्तरीय प्रतिस्पर्धामा सघाउन उत्सुक छु। मैले एभरेष्ट महिला भलिबल लिगको बारेमा धेरै सुनेको छु र म टिमलाई सफल बनाउन र यहाँका फ्यानहरूसँग जोडिन आतुर छु।’

एभरेष्ट वुमन्स भलिबल लिगमा त्सेस्नोभाको आगमनपछि आफ्नो टोली थप बलियो हुनेमा काठमाडौं स्पाइकर्स विश्वस्त छ। आफ्नो नयाँ स्टार खेलाडीको साथले बलियो प्रदर्शन गर्न र अविस्मरणीय क्षणहरू सिर्जना गर्नका लागि टिम तत्पर छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.