झापामा पूजाको प्रसाद खाँदा सिंगो गाउँ नै बिरामी

भदौ २७, काठमाडौं । झापाको अर्जुनधारा नगरपालिकामा पूजाको प्रसाद खाँदा एउटा गाउँ नै बिरामी परेको छ ।

अर्जुनधारा नगरपालिका–९ खरबन्दीका स्थानीय रीता निरौलाको घरमा लगाएको पूजाको प्रसाद खाँदा ५० जनाभन्दा बढी बिरामी परेका हुन् । पूजा घरमा पुगेर प्रसादका रुपमा सब्जी, रोटी अचार खाएका सबै बिरामी परेको अर्जुनधारा नगरपालिका–९ का वडा अध्यक्ष भिष्म मिश्रले जानकारी दिए । बिरामीहरुको स्थानीय क्लनिकमा उपचार भइरहेको छ ।

पूजामा प्रसाद खाएको केही समयपछि सबैलाई वान्ता र डाइरिया भएको थियो । पुजाको प्रसादमा फुट पोइजन हुँदा गाउँ नै बिरामी परेको अध्यक्ष मिश्रले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.