अष्ट्रेलियाको राजदूतमा चित्रलेखाको नाम सिफारिस

भदौ २४, काठमाडौं । नेपाली कांग्रेसले अष्ट्रेलियाको राजदूत बनाउन केन्द्रीय सदस्य चित्रलेखा यादवको नाम सिफारिस गरेको छ ।

सरकारले अष्ट्रेलियाको लागि राजदूतमा सिफारिस गरेकी कान्ता रिजालको ठाउँमा यादवलाई पठाउन लागेको हो । रिजाल इजरायलबाट फिर्ता हुँदा सहयोगी स्वदेश नर्फकाएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि उनको नाम राजदूतको लिस्टबाट फिर्ता लिइएको थियो । सम्भवतः आज दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले उनको नाम सिफारिस गर्ने स्रोतले जानकारी दियो ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.