चिकित्सा शिक्षा आयोगकाे नतिजा प्रकाशनविरुद्ध विद्याथीहरु आन्दोलित

भदौ १९, काठमाडौं । चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा त्रुटि गरेको भन्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।

आज (बुधवार) विद्यार्थीहरूले माइतीघर मण्डलामा भेला भएर नाराबाजीसहित विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले प्रदर्शनमा शिक्षा व्यापार होइन, ओएमआर सिट हेर्न पाउँ, विद्यार्थीहरूको भविष्यसँग खेलबाड गर्न पाइँदैन, विद्यार्थीको भविष्य निर्धारण गर्ने जस्तो परीक्षामा राजनीति चल्दैन भन्ने लगायतका नारा लगाएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.