भदौ १४, काठमाडौँ । बौद्ध नयाँवस्तीमा सार्वजनिक जग्गा अतिक्रमण गरि बनाएको घर संरचना भत्काएको छ ।
गोकर्णेश्वर नगरपालिका वडा नं. ६ अन्तरगत पर्ने त्यस क्षेत्रमा आज (शुक्रबार ) विहान नगरपालिका मेयर दीपक रिसाल, वडा नं. ५ का अध्यक्ष नारायण सुवेदी, वडा ६ का अध्यक्ष नवराज लामा लगायतको टोलिले डोजर चलाएका हुन् ।

उक्त संरचना भत्काउन पटक पटक सूचना जारी गरिएपनि घरधनीहरूले अवज्ञा गरेको भन्दै नगरपालिकाले डोजर चलाएको बताएको छ ।
गोकर्णेश्वर नगरपालिकाले अनधिकृत तथा सार्वजनिक जग्गा मिचेर बनाएको घर टहरा भत्काउने कार्यको पहिलो सुरूवात भएको नगर प्रवक्त सुवेदीले बताए । व्यक्तिले सार्वजनिक जग्गा मिचिएर बनाएका नयाँवस्तीका केही संरचना अझै भत्किने कार्य रहेको अभियानकर्मी नवराज अधिकारीले बताएको छ ।

भत्काउन विहान ९ बजेदेखि सुरू गरेको सो कार्यमा बौद्ध महानगरीय प्रहरी वृत्तबाट बाग्लो उपस्थितिमा प्रहरी परिचालन गरिएको थियो । नगरपालिकाका जनप्रतिनिधिहरूको सहयोगमा नगर प्रहरीले डोजर चलाएका थिए ।

उक्त संरचनाहरू पूर्ण रूपमा हटाउन तीन दिनको अल्टिमेटम दिएको छ । यस अघि सूचना जारी गरेका नयाँबस्ती क्षेत्रका केही संरचनाह पनि केही दिनपछि भत्काउने बताएको छ ।




