टीआरसी विधेयकको अमेरिकालगायत दश वटा देशले गरे स्वागत

भदौ १३, काठमाडौं । संक्रमणकालिन न्यायसम्वन्धी संशोधित विधेयक (टीआरसी)को अमेरिकालगायत दश वटा देशले स्वागत गरेका छन् ।

संसदका दुवै सदनले पारित गरी पठाएको संक्रमणकालिन न्याय सम्बन्धि विधेयक आज राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेलगत्तै ती देशहरुले उक्त विधेयकको स्वागत गरेका हुन् । स्वागत गर्ने देशहरुमा अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, जापान, स्विट्जरल्याण्ड, नर्वे, फिनल्याण्ड र युरोपियन युनियन रहेका छन् । विधेयक प्रमाणित भएलगत्तै संयुक्त विज्ञप्ति जारी गर्दै ती देशहरुले आफूहरु पीडितको हितका लागि नेपाल सरकारलाई सहयोग गर्न तयार रहेको बताएका हुन् ।

निर्णय प्रक्रियाहरूमा पीडितको निरन्तर सहभागिताले सत्य निरुपण तथा मेलमिलाप ऐनको प्रभावकारी कार्यान्वयनमा सहयोग पु¥याउने विज्ञप्तिमा उल्लेख छ । नेपालको इतिहासको यस खण्डलाई निष्कर्षमा पु¥याउन सबै सरोकारवालाहरू एकजुट भएर लाग्नुपर्ने बेला आएको भन्दै विज्ञप्तिमा त्यसका लागि के कस्तो सहयोग चाहिन्छ भन्ने कुरा नेपाल सरकारबाट जान्न तत्पर रहेको जनाएका छन् । राष्ट्रपति पौडेलले उक्त विधेयक आज दिउँसो प्रमाणिकरण गर्नुभएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.