लायन्स क्लब न्यूयोर्कको आयोजनामा “तिज बिशेष दर तथा नृत्य प्रतियोगिता” गरिदै

भदौ १२, न्यूयोर्क । न्यूयोर्कमा नेपालीहरुले नेतृत्व गरेको २ वटा क्लबले “तीज बिशेष दर खाने तथा नृत्य प्रतियोगिता” को आयोजना गरिदैछ ।

आगामी अगस्ट ३१, शनिबार सॅाझ ६ः३० बजे देखी सॅाझ १२ः०० बजे सम्म क्विन्स केटिएम लायन्स क्लब र क्विन्स बुद्ध लायन्स क्लबको संयुक्त आयोजनामा नेपाली महिलाहरुको महापर्व हरितालिका तिजको बिशेष अवसरमा “तिज बिशेष दर खाने तथा नृत्य प्रतियोगिताको आयोजना न्युयोर्कको क्विन्स, वुडसाईड स्थित सत्य नारायण मन्दिरको प्रांगणमा गर्न लागेको हो ।

उक्त तिज बिशेष कार्यक्रमको ब्यवस्थापनमा सहजताको निमित्त कति जनाको उपस्थिती रहने र खानाको ब्यवस्थापन कतिको गर्ने, बस्ने ब्यवस्था र तिजको बिशेष अवसरलाई भरपुर नाचगान गरेर सदुपयोग गर्न सकियोस र कार्यक्रम आयोजनाको आर्थिक भारलाई पनि सहज होस् भनि अनुदान स्वरुप आमण्त्रित अतिथी र पाल्नुहुने सबैको लागी समान लागु हुने गरी २० डलर पनि राखिएको छ ।

उक्त दिन तिज बिशेष दरको साथै नृत्य प्रतियोगिताको आयोजन हुनेछ जहॅा न्युयोर्कका ७ संस्थाले एकल वा सामुहिक तिज गित नृत्य प्रतियोगितामा प्रतिष्पर्धा गर्ने छ । नृत्य प्रतियोगितामा बरिष्ठ नृत्य निर्देशकद्वय गोबिन्द राई, शिव बिक र न्युयोर्कमा रहि बिगत २ दशक देखि नृत्य गर्दै आएकी नृत्यंगना बसन्ती राई निर्णायकको भुमिकामा रहने छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.