दोरम्बामा पहिरो : दुईजनाको मृत्यु, ८ बेपता

भदौ ९, रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर–३ स्थित लेखर्कमा पहरोले पुरिँदा २ जनाको मृत्यु भएको छ । ८ जनाको बेपता भएका छन् ।

गए रातिदेखि परेको अविरल वर्षापछि वडा नम्बर २ र ३ को सीमाक्षेत्र भएर पहिरो खस्दा तीनव घर बगाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश महतोका अनुसार वडा नम्बर ३ र २ को सिमानामा पहिरो जाँदा ३ वटा घर बगेका छनु । केही घरहरूमा क्षति पुगेको छ ।

 

उनका अनुसार अहिले बिहानसम्म दुईवटा शव निकालिएको छ । तीनध्ये एकजना बालक रहेका छन् । ८ जनाको अवस्था अज्ञात रहेको उनले बताए ।उनीहरुको खोजी भइरहेको बताइएको छ । अहिले बिहान घटनास्थलमा प्रहरी आइपुगेको छ । अहिले घटनास्थलमा सुरक्षाकर्मी परिचालन भइसकेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.