संशोधन विना संविधान स्वीकार्य हुन नसक्नेः मुख्यमन्त्री राउत

असोज ५, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संशोधन विना संविधान स्वीकार्य हुन नसक्ने बताएका छन् ।

सप्तरीको कञ्चनरुप नगरपालिकामा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले त्रुटीपूर्ण संविधानको संशोधन आवश्यक रहेको बताए । ‘संविधान संशोधनको लागि संघर्ष जारी छ । सबैले आ–आफ्नो ठाउँबाट संघर्षलाई अगाडि बढाउनुपर्छ । संघर्ष विना अधिकार सुनिश्चित हुन सक्दैन,’ उनले भने, ‘अधिकारको लागि संघर्षलाई निरन्तरता दिनुपर्छ ।’

हरेक परिवर्तनमा तराई मधेशको जनताको भूमिका अहम रहेको बताउँदै उनले अधिकारको लागि संघर्ष जारी राख्न आव्हान गरे । कार्यकर्ता भेटघाट कार्यक्रममा सप्तरी जिल्लाका नेता तथा कार्यकर्ताहरुले आ–आफनो गुनासो राखेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.