भदौ ६, काठमाडौँ । ललितपुरको ऐतिहासिक नगरी खोकनामा साँस्कृति गाईजात्रा पर्वसंगै देपखु जात्रा मनाएको छ ।
नेवार समुदायले खोकनामा आफ्नो साँस्कृतिक परम्परालाई जोगाउन सो पर्व मनाउँदै आएको स्थानीयहरू बताउँछन् । प्रत्येक वर्ष जनैपूर्णिमापछिको दोस्रो दिन अर्थात गाइजात्राको भोलिपल्ट मनाइने देपुखु जात्रा अनौठो छ ।।

दिवंगत आफन्तको सम्झना तथा दुःख बिसाउनका लागि यस पर्व मनाउने गरिन्छ । किसाने प्रयोग गरिने कोदालो, हलो÷जुवा, गुम, कोदाली लगायत विभिन्न सामग्रीहरूसहित झाँकीमा प्रस्तुति देखाएको थियो । नेवार समुदाय मात्र रहेको र त्यसमा पनि डंगोल समुदायको बाहुल्यता रहेको खोकनामा पुखा्र्रैदेखिको संस्कृति परम्परालाई जर्गेना गर्ने र आफनो संस्कारलाई निरन्तरता दिदै आएका छन् ।

मृतक आफन्त बितेको वर्षमा फोटो प्रर्दशन गरि मृत आत्मको शान्तिको कामना गर्दै दुःखमा परेका परिवारजनलाई सान्तवना प्राप्त होस् भन्ने उद्देश्यले विभिन्न झाँकीसहित टोल परिक्रमण गरि सबै जना चोख्याएर भोजमा सरिक हुने गर्दछ ।

टोल परिक्रमणको समय देवल, चोक तथा महत्वपूर्ण मन्दिरको अगाडी रोपाईजात्रा गरेका खेतालाहरूलाई बाजाका साथ खाजा खुवाउने गर्दछ । जसमा बालबालिकाहरू नेवारी पोसकमा रोपारको रूपमा बसेका हुन्छन् र खर्पनमा ल्याएको दुध, दही, आचार, रोटी लगायत परिकार बाँड्ने गर्दछन् ।

गाइ र गोरूको हलजोडी समेत प्रर्दशनीमा आउँछन् । भोकाएका गाइहरू समय समयमा खेताला भएको ठाउँमा अवरोध पु¥याउन आउँछन् र पछि उनीहरूले गाली गरेर लखेट्ने चलन प्रस्तुत गरिएको थियो ।

भिडियोमा…….

