विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ७ पुगियो

असोज ५, मलेसिया । मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ७ जना पुगेको छ । मलेसियास्थित नेपाली दुतावासले आज एक जनाको मृत्यु भएसंगै मृतकको संख्या बढेको जनाएको हो ।

ठेगाना नखुलेका दुर्गा सिंह रानाको आज मृत्यु भएको दुताबासले जनाएको छ । दुतावासका अनुसार १२ जना उपचाररत रहेको र ५ जना उपचारपछि डिस्चार्ज भएको जनाएको छ ।

मृत्यु हुनेहरुमा बसेरी–३ धादिङका विवश घले भनिने मिम बहादुर घले, मसिना–६, रुपन्देहीका राम कुमार यादव, अमरगढी–५ डडेलधुराका विशाल बुढाथोकी, पश्चिम कुशाहा– ९, सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का–९ इलामका बलबहादुर कुलुङ र आइतसिंह गोले सर्लाही र दुर्गासिंह राना नवलपरासी रहेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.