असोज ५, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा विमलप्रसाद श्रीवास्तव निर्विरोध निर्वाचित भएका छन् ।
समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले एकमात्रै उम्मेदवार श्रीवास्तवलाई सभापतिमा निर्विरोध निर्वाचित गरेको हो । सभापतिका एकमात्रै उम्मेदवार श्रीबास्तव सभापतिमा निर्विरोध निर्वाचित भएको समितिका जेष्ठ सदस्य मुकुन्द न्यौपानेले जानकारी दिए ।
नवनिर्वाचित समितिका सभापति श्रीवास्तवले जनहितको पक्षमा काम गर्न सरकारलाई आवश्यक सुझाव दिने प्रतिवद्धता व्यक्त गरे । समितिका नवनिर्वाचित सभापति श्रीवास्तव सत्तारुढ संघीय समाजवादी फोरम, नेपालका सांसद हुन् ।

