अमेरिकामा एक महिलाले अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको घटनास्थलमै मृत्यु

असोज ५, एबरडीन । अमेरिकाको मेरिल्यान्डस्थित एक औषधि भण्डारगृहमा कार्यरत एक महिलाले आफ्नै सहकर्मी साथीहरुमाथि अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । गोली चलाउने महिलाले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

औषधिको गोदामघरमा सहकर्मीहरुबीच विवाद बढ्दै गएपछि बिहीबार बिहान गोली चलेको थियो । उक्त घटनामा अरु तीनजना गम्भीर रुपमा घाइते भएका छन् । स्थानीय प्रहरी अधिकारी जेफ्री गाहलरले बाल्टीमोर निवासी स्नोचिया मोसेलीले चलाएको अन्धाधुन्ध गोलीबाट तीन जनाको मृत्यु भएको र केही घाइते भएको जानकारी दिनुभयो । प्रहरीले उक्त गोलीकाण्ड हुनुको मुख्य कारणको अनुसन्धान शुरु गरेको जनाएको छ । ती महिला स्वयँले आत्महत्या गरेकाले जवाफमा गोली नचलाएको प्रहरीले स्पष्ट गरेको छ ।

विगत दुई दिनभित्रै संयुक्तराज्य अमेरिकामा भएको यो तेस्रो ठूलो गोलीकाण्ड हो । बुधबार पनि विस्कन्सिन राज्यमा अन्धाधुन्ध गोली चलाउँद तीन जना गम्भीर घाइते भएका थिए भने पेन्सिलभेनियामा भएको एक अर्को घटनामा एक व्यक्तिले चलाएको गोली लागेर एक जनाको मृत्यु हुनुका साथै चारजना घाइते भएका थिए । –रासस÷एपी

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.