नेपाल आदिवासी जनजाति पत्रकार महासंघको २७ औं रजत वर्ष

साउन २७, काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले २७ औं रजत वर्ष मनाएको छ ।

आदिवासी जनजाति पत्रकारको हकहित तथा समुदायको अधिकार स्थापित गर्न कलम चलाउँदै आएका पत्रकारहरूको साझा संस्था फोनिजले आइतबार काठमाडौँमा एक कार्यक्रम गरि पत्रकारहरूलाई पुरस्कार तथा सम्मान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरूङले लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्नुपर्ने बताएका छन् ।

“आदिवासी जनजाति, पिछडिएको वर्गका लागि विशेष प्रबन्धको प्रयोग गरिदिएको होइन ? ती आदिवासी कहाँ आए ? प्राप्त भएको उपलब्धिको रक्षा गर्नुपर्‍यो, यो संविधान ठूलो उपलब्धि हो।” उनले भने । मन्त्री गुरूङले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान आउनु ठूलो उपलब्धि भएको बताए ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले अबको एक वर्षभित्र सबै सरकारी मिडियामा नयाँ नीति ल्याइने बताए । उनले भने– संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचना अनुरुपको नीति बनाइन्छ। सूचना प्रविधिमा भएको विकासले मान्छेको सभ्यता, विकास धेरै अगाडि बढिसक्यो।” यसका लागि नयाँ नीति, ऐन बनाउने प्रक्रिया सुरु भइसकेको उनको भनाइ छ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले शुभकामना मन्तव्य दिदैँ समाजिक तथा राजनीतिक आन्दोलनमा महासंघले सहयोगी भूमिका खेलेको बताए। परिपक्व पत्रकारिता हराउँदै गएको भन्दै फोनिजमा पनि वास्तविक पत्रकारको सङ्ख्या वृद्धि हुनुपर्ने बताए ।

फोनिजका अध्यक्ष गजुरधन राईले समावेशी मिडियाको मुद्धामा फोनिज सधै एकजुट हुने प्रतिबद्धता जनाए । फोनिजको रजत वर्ष समारोहका अवसरमा फोनिज राष्ट्रिय पत्रकारिता समान २०८१ बाट नेपाल टेलिभिजनका समाचार प्रमुख पुष्पहरि क्याम्पा राई सम्मनित भएका छन् । फोनिज राष्ट्रिय मातृभाषा पत्रकारिता पुरस्कारबाट सन्तोष दहित पुरस्कृत भए ।

यसैगरी, गोरखा रेडियोका फिमा गुरुङ, प्रभात दैनिकका विष्णु तामाङ, इलाम पोष्टका सटेन्द्र जबेगु पुरस्कृत भएका छन् । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जे लामा शेर्पा, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापा लगायतले मन्तव्य राखेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.