प्रशोधित पिउने पानीमा अखाद्य वस्तु भेटिएपछि किम्ची फास्टफुडलाई दुई लाख जरिवाना

साउन २७, काठमाडौँ । सिल गरेको बोतलको पानीमा अखाद्य वस्तु भेटिएपछि किम्ची फास्टफुडलाई दुई लाख जरिवाना गरिएको छ।

काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले दुई लाख जरिवानासहित कारबाही गरेको हो। सिल गरेको प्रशोधित पानीको बोतल खोलेर गिलासमा खन्याएर पिउन थालेपछि वडा नम्बर ११ का वडा सदस्य यशोमती परियारले पानीमा किरा सल्वलाएको देख्नुभएको थियो।

कार्यक्रममा उपस्थित महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई पानीको बोतल देखाए लगत्तै उहाँले कारबाहीका लागि निर्देशन दिनुभएको थियो। उपप्रमुख डंगोल अनुगमन समितिका संयोजकसमेत हुनुहुन्छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.