कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

साउन २४, काठमाडौँ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्षीय रुजन श्रेष्ठ पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार स्थायी ठेगाना रामेछाप दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ३ का श्रेष्ठलाई खोजतलास गर्दा भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ८, दार्जिलिङ हाइटमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ। मिति २०८० असार २० गते अन्दाजी १२ः३० को समयमा सल्यानिभीरमा अन्दाजी ४१ वर्षीय गणेश पाठक मृत फेला परेको घटनाको अनुसन्धानको सिलसिलामा जिल्ला अदालत रामेछापबाट श्रेष्ठलाई पक्राउ पुर्जी जारी भएको थियो।

जिल्ला प्रहरी कार्यालय रामेछापको लिखित पत्रानुसार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रामेछाप पठाइएको प्रहरीले जनाएको ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.