टीआरसीबारे संसदीय समितिमा छलफल, आजै संसदमा पठाउने तयारी

साउन २४, काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि संसदीय समितिमा बिहीबारदेखि छलफल सुरु हुने भएको छ ।

प्रतिनिधिसभा अन्तर्गत कानुन न्याय तथा मानव समितिमा लामो समयदेखि रोकिएको विधेयकमा आजदेखि दफावार छलफल सुरु हुन लागेको समितिकी सभापति विमला सुवेदीले बताइन् । यसअघि उपसमितिले दिएको प्रतिवेदन र शीर्ष नेताहरूका बिच भएको सहमतिको मस्यौदामाथि छलफल हुनेछ । पसमितिको प्रतिवेदन र तीन दलीय संयन्त्रले टुंग्याएका विषयहरूलाई समावेश गर्दै समितिले ‘बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक’लाई अनुमोदन गर्ने तयारी गरिएको छ ।

समितिले उपसमितिमा भएका सहमतिसहित विधेयकको प्रारूप मिलाउने अनि त्यसलाई दफावार छलफल गरेर आजै पास गर्ने तयारी गरेको छ । सभापति सुवेदीका अनुसार समितिले पास गरेपछि विधेयक अर्को संसद् बैठकमा पेस हुनेछ । प्रतिनिधिसभाको अर्को बैठक साउन २९ गते बस्दैछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.