साउन १८, काठमाडौँ । गायक सभागि लामा वाइवाको दोस्रो गीत ‘कोइराला काठैको डम्फू’ सार्वजनिक भएको छ । गायक लामाको आफ्नै शव्द संगीत रहेको उक्त गीतमा चर्चित गायिका सुमिना लो तामाङको पनि स्वर रहेको छ ।
यस अघि पहिलो प्रस्तुतिको रूपमा ‘हुलाकी ला चिठी’ गीतबाट औपचारिक रूपमा आफ्नो सांगीतिक प्रस्तुति दिदै आएका रामेछाप खाडदेवी गाउँपालिका वडा नं. ८ का स्थानीय सभागि लामा वाइवा एसएइइपछि काठमाडौँ आएसंगै विभिन्न रेस्टुरेन्ट, क्याफे, तथा होटलहरूको इभेन्टमा गीत गाउँर्दै दर्शक तथा स्रोतामाझ चिनिन पुगे । त्यस लगतै उनले आफ्नो सांगीतिक जीवनलाई मजबुद बनाउन औपचारिक रूपमा शब्द लेखन तथा गायन क्षेत्रमा प्रवेश गरेका थिए ।
पहिलो गीतमा पनि गायिका समिना लो तामाङले साथ दिएकी छिन् । ‘कोइराला काठैको डम्फू’ सेलो गीतमा तामाङ मौलिकता र डम्फूको बारेमा चर्चा गरिएको पाइन्छ । गीतले तामाङ समुदाय र समुदायको पहिचान डम्फूको वाख्यासंगै मनोरञ्जनात्मक तरिकाले माया पिरतीको कुरा दर्साएको छ ।
दीप स्टिडियोमा रेकर्ड गरेको उक्त गीतमा दिपेश प्रधानको एरेन्ज तथा साउण्ड मिक्सिङ रहेको छ । गीत सभागि लामा युट्युवबाट प्रसारण गरिएको छ ।

