कक्षा १२ को परीक्षामा ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

साउन १८, काठमाडौं । काठमाडौं । कक्षा १२ को नतिजामा एक लाख ८७ हजार २१ जना ननग्रेडिङ (एनजी) आएको छ ।

परीक्षामा सहभागी भएका नियमतितर्फ ३ लाख ९० हजार ८६८ जना विद्यार्थीमध्ये एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका हुन् । आज सार्वजनिक भएको नतिजामा ५२ प्रतिशत अर्थात २ लाख ३ हजा ८४७ जना विद्यार्थी उतिर्ण भएका छन् । ४८ प्रतिशत विद्यार्थीको एनजी आएको हो ।

त्यस्तै ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ५९१ रहेका छन् भने १०२ जनाको परीक्षा रद्ध भएको छ । कुल ४ लाख ७८ हजार ३८९ परीक्षार्थीमध्ये २ लाख ३१ हजार २३५ जना उत्तीर्ण भएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.