नेपाल इन्जिनियरिङ्ग कलेज भक्तपुरको प्राचार्यमा प्रोफेसर भण्डारी नियुक्त

साउन १५, काठमाडौँ । नेपाल इन्जिनियरिङ्ग कलेज, भक्तपुरको प्राचार्यमा एशोसियट प्रोफेसर दुर्गा प्रसाद भण्डारी नियुक्त भएका छन ।

कलेज सञ्चालन समितिको २९ औं बैठकले भण्डारीलाई प्राचार्यमा नियुक्त गरेको हो । कलेजको स्थापना देखि नै कलेजमा आबद्ध भण्डारीले पुल्चोक क्याम्पसबाट इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा स्नातकोत्तर सम्मको अध्यन गरेका उनले इन्जिनियरिङ्ग शिक्षालाई थप गुणस्तरीय बनाउन , प्रशासनिक ब्यवस्थापन राम्रो गर्न गराउन आफू कार्यवाहक प्राचार्यको भूमिकामा रहेको समयदेखि नै मिहेनत गरेको र आगमी दिनहरूमा पनि कलेजको शैक्षिक स्तर सुधार्न आफू प्रतिबद्ध भएर लाग्ने बताए ।

प्राचार्य भण्डारीले स्थापना कालदेखी नै कलेजको बिकासका निमित्त मिहेनत गरेको र उनि कार्यबाहक प्राचार्य रहेको समयमा इन्मान्दार र लगनशील भएको कारण भण्डारीलाई नै प्राचार्यमा नियुक्त गरिएको चागुनारायण नगरपालिकाका प्रमुख तथा नेपाल इन्जिनियरिङ्ग कलेज संचालक समितिका अध्यक्ष जीवन खत्रीले जानकारी दिनुको साथै कलेजको सर्वाङ्गिण विकासका लागि जस्तोसुकै सहयोग गर्न आफु प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा कलेज सञ्चालन समिति सदस्य नरेश खड्काले नेपाल इन्जिनियरिङ कलेजलाई चागुनारायण नगरपालिका भित्र ल्याउन आफू लगायतका ब्यक्तिहरुको ठुलो योगदान रहेको स्मरण गर्दै यो कलेजले निरन्तर रुपमा चागुनारायणको गरिमाको रुपमा कार्य गर्दै आइरहेको कुरामा जोड दिदै कलेजको आर्थिक, प्रशासनिक क्षमता विकास गर्दै कलेजलाई नयाँ उचाईमा पुर्याउन प्राचार्य पदमा भण्डारीलाई नियुक्त गरिएको जानकारी दिए ।

त्यस्तै आजै प्राचार्य भण्डारीको अध्यक्षतामा बसेको दैनिक कार्य सञ्चालन समितिको बैठकले कलेजमा ‘इनोभेसन एण्ड कम्युनिटी म्यानेजमेन्ट’ विषयको नयाँ कोर्ष ल्याउने निर्णय गर्नुका साथै प्रस्ताव गरेको नयाँ कोर्ष तयार पार्नका लागि कार्यविधि बनाउन कलेजका विभागीय प्रमुखहरुलाई निर्देशन समेत दिइएको सह(प्राध्यापक यमकृष्ण पौडेलले जानकारी दिए । नेपाल इन्जिनियरिङ्ग कलेजमा हाल ६ संकायमा करिब १६ सय विद्यार्थी अध्यनरत छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.