साउन १४, काठमाडौँ । साउन अर्थात् हरियाली महिना नारी तथा व्रतालुहरूका लागि महत्वपूर्ण महिनाको रूपमा लिइन्छ । साउनसंगै नारीहरूको महान पर्व हरितालिका तीज पनि नजिकिदैछ । तीजको आगमनसंगै नयाँ नयाँ गीतहरू सार्वजनिक हुँदैछन् । त्यस्तै गायिका बसन्ति लामाले पनि ‘मायालुले वाउ भन्नेछन्’ बोलको गीत ल्याएकी छिन् ।
गीतमा नेपाली मौलिकता, संस्कृति र मायाको भाव झल्किएको छ । नारीहरूको पहिरन र त्यसले देखाएको आकर्षणलाई व्याख्या गर्दै आफ्नो मायालृुलाई खुशी पार्न गीतमा प्रयासरत गरिएको सुन्न सकिन्छ ।शब्द संगीत गायिका बसन्ती लामा आफैले गरेकी सो गीतमा हिरामाया वाईवा र सुमित्र गौतमको स्वर रहेको छ । सुन्दर लामाले सम्पादन गरेको सो गीत त्रिताल स्टिडियो अनामनगरमा रेकर्ड गरेका हुन् ।
गायिका लामाको ‘मायालुले वाउ भन्नेछन्’ बोलको गीतमा भिडियो समेत निर्माण गरेको छ । उक्त भिडियोमा राज टाइगर, हिरामाया वाइवा, राज सरगम, निकिसा श्रेष्ठ, मुना ढुंगाना, शीतल पुन, गोविन्द शर्मा र सिर्जना लामाले अभिनय गरेका छन् । केशवराज भट्टको निर्देशनमा काठमाडौँको गोठाटार स्थित कृष्ण मन्दिर परिसरमा भिडियोको छायाँकन भएको छ । विशाल थापाले निर्देशन गरेको सो भिडियोको सम्पादन पदम सुवेदीले गरेका हुन् ।

