साउन १४, काठमाडौं । आफूलाई ‘धर्मगुरू’ भन्ने पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई धुम्बाराहीबाट उनलाई पक्राउ गरिएको हो ।
प्रहरीले उनलाई महानगरीय क्रहरू वृत्त महाराजगञ्जमा राखिएको छ । प्रहरीका अनुसार उनले नेताहरूको मृत्युको लागि यमराजको पुजा गर्न लागेको भन्दै प्रचार गरेका थिए । उनले नेताहरूलाई तर्पण दिन भन्दै सर्वसाधारणलाई सामाजिक संजालमार्फत निम्तो पनि दिएका थिए ।
पक्राउ पर्नुअघि यसरी पुजा गरेका थिए ।

