पार्टी एकताका लागि कार्य अघि बढेको छ – महामन्त्री थापा

असोज ४, इलाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री सुनिलबहादुर थापाले अहिले देशमा भ्रष्टाचार बढेको बताउनुभएको छ ।

महामन्त्री थापाले पत्रकारसँग आज कुरा गर्दै अहिले नागरिकको मौलिक हकसमेत वर्तमान सरकारले कुण्ठित गरेको आरोप लगाउनुभयो । थापाले भ्रष्टाचार बढेकाले त्यसका बारेमा आवाज उठाउने समय आएको उल्लेख गर्नुभएको थियो ।

फरक प्रसङ्गमा थापाले देशलाई सही दिशा दिनका लागि आफ्नो पार्टीबीचको एकता वर्तमान समयको आवश्यकता रहेको विचार व्यक्त गर्नुभयो । “त्यसैले हामी राप्रपा, राप्रपा (प्रजातान्त्रिक), राप्रपा (राष्ट्रवादी बीच एकता गर्ने तर्खरमा छौँ”, थापाले भन्नुभयो, “हामी साङ्गठनिकरुपमा दीर्घकालसम्म एकता नभाँडिने तरिकाले एकता गर्छौं ।” थापाले एकताका लागि काम शुरु भएको जानकारी दिनुभयो । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.