तेस्रो ‘आमा नेशनल अवार्ड २०८१’ सम्पन्न, भुवन, मिथिलासहित २ दर्जनबढी कलाकार सम्मानित

साउन ७, काठमाडौँ । आमा तिलकुमारी मिडियाद्वारा आयोजित श्री आमा नेशनल अवार्ड २०८१ सम्पन्न भएको छ । शनिबार चलचित्र विकास बोर्डको हलमा आयोजित कार्यक्रममा मिडियाकी अध्यक्ष समुन्द्र सुवेदी भण्डारीको सभापतित्व तथा पूर्व सभामुख अग्नी प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा अवार्ड कार्यक्रम सम्पन्न भएको हो।

प्रिन्सुदेखि मिथिला शर्मालाई अवार्ड
यसवर्षको आमा नेशनल अवार्ड २०८१ बाट बाल कलाकारमा प्रिन्सु पोखरेल, लोकप्रिय निर्देशकमा घनश्याम लामिछाने, सामाजिक टेलि चलचित्रमा राजु पौडेल (राजु मास्टर) हाँस्य टेलि चलचित्रमा मरिचमान श्रेष्ठ (बल्छी धु्रबे) सिनियर अभिनेतामा देशभक्त खनाल, सिनियर अभिनेत्रीमा मिथिया शर्मा, लोकप्रिय नायकमा नाजिर हुसेन, लोकप्रिय गायकमा पशुपति शर्मा, लोकप्रिय गायिकामा स्मिता दाहाल, टेलिसिरियल कथा पटकथा संवाद्मा रामचन्द्र बोहोरा (बुहारी) र नेत्र रावत (कमेडी सिरियल) सम्मानित भएका छन् ।

यसैगरी, लोकप्रिय कमेडियनमा अर्जुन घिमिरे (पाँडे) र बेगम नेपाली, चरित्र अभिनेत्रीमा सरस्वती फुँयाल, सामाजिक टेलिसिरियलमा आशा खड्का, साहित्यकारमा भिष्मराज फुलारा, नव निर्देशकमा मनोहर भण्डारी (म्युजिक भिडियो) नव नायकमा सुमन पौडेल, कार्यक्रम सञ्चालgमा दिपेन्द्र शाही, भिडियो सम्पादकमा रविन भट्ट, छायाङकनमा नविन केसी, पब्लिसिटी डिजाइनरमा दिवस हुमागाइँ, चलचित्र पत्रकारमा प्रकाश सुवेदी, पर्यटन गीतमा डा. राजन विनायक पासा, गीतकारमा राम लामा (अभिलासी) इभेन्ट म्यानेजर रमेश श्रेष्ठ, सर्ट फिल्म अभिनेतामा गोकुल विसी र व्यवस्थापकमा केशव काजी बाँनियाले अवार्ड जितेका छन् ।

भुवन चन्द, सापकोटा र भण्डारीलाई विशेष सम्मान
यस वर्षको श्री आमा नेशनल अवार्ड कार्र्यक्रममा पहिलो नायिका भुवन चन्द, पर्यटनविद् ऋषिराम भण्डारी र रामप्रसाद सापकोटा (कमल) विशेष सम्मानबाट सम्मानित भए । यसैगरी चलचित्र निर्देशक राजु गिरी, सुरज खनाल, ओम प्रकाश राई, देउडा गायक दिपेन्द्र प्रसाद दाहाल, कलाकार सन्दीप वाग्ले, कोरियोग्राफर सुमन सागर केसी, छाँयाङकनमा राहुल राई, सुमित राई, सुमन खनाल, नव नायक सन्तोष अधिकारी, मोडल विजय पुन, कलाकार लेखराज भुषाल, पत्रकार अमृत पौडेल र गोपी कृष्ण चापागाइँ सम्मानित भएका छन् ।

जुरी समुहमा निरौँलादेखि गुरुङसम्म
यस वर्षको अवार्ड कार्यक्रको जुरी समुहमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौँला, शिक्षाविद् तथा सरस्वती क्याम्पसका प्राचार्य डा. गोलमान गुरुङ, अन्नपूर्ण पोस्टका सम्पादक अखण्ड भण्डारी र कार्यक्रम संयोजक दिवाकर भण्डारी रहेका थिए ।

अवार्ड कार्यक्रममा संयोजक तथा जुरी सदस्य भन्डारीले आफुँले पैसा कमाउने उद्देश्यले नभइ जुरी मार्फत छनौँट भएका, कलाकारिता क्षेत्रमा काम गरेका र योगदान पुर्याएका व्यत्तिहरुलाई अवार्ड र सम्मान गरिएको बताए । अर्वाड कार्यक्रममा भण्डारीको कलाकारिता यात्रासँगै गृह जिल्ला कास्कीको ढिकुरपोखरी देखि अहिलेसम्मको सफलताबारे श्रव्य दृश्य सामाग्री पनि प्रस्तुत गरिएको थियो।

निवर्तमान सभामुख अग्नी सापकोटाले यति राम्रो र सब्य अवार्ड कार्यक्रम आयोजना गरेको प्रति आमा तिलकुमारी मिडिया र संयोजक भण्डारीको खुलेर प्रशंसा गरेका थिए । कार्यक्रममा पूवी रुकुमको तकसेरा समाजको पञ्चे बाजासहित विभिन्न साँस्कृतिक र सांगीतिक प्रस्तुती रहेको थियो। कार्यक्रम दूर्गाराज पाण्डेले सञ्चालन गरेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.