गोकर्णेश्वर नगरपालिकामा दुइ महिनादेखि सूचनाअधिकारी विहिन

साउन ६, काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको कार्यालय जोरपाटीमा दुई महिनादखि सूचना अधिकारी विहिन बनेको छ ।

नगरपालिकाले कर्मचारी व्यवस्थापन गर्दा यसअघि सूचना अधिकारीको रूपमा रहेका भुपेन्द्र बोहोरा योजना शाखामा स्तान्तरणपछि उक्त पद तथा शाखा खाली भएको हो । नगरपालिकाको आवश्यक सूचना प्रवाह गर्ने शाखामा कर्मचारी खाली भएपछि सेवाग्राही अन्यौल हुँदै फर्किनुपर्ने अवस्था सिर्जना भएको छ । सूचना अधिकारी नभएपछि आर्थिक वर्ष सुरू भएसंगै त्यस कार्यालयबाट सम्पन्न गतिविधि तथा अन्य विषयमा केन्द्रीत रहेर सूचना माग्न पुगेका मागकर्ताहरूले सूचना नपाएको गुनासो गरेका छन् ।

गोकर्णेश्वर नगरपालिकाभित्र रहेका विभिन्न सार्वजनिक क्षेत्रहरूमा चरम अनिमियता भएको आशंकमा नेपालको संविधानको धारा २७ मा प्रत्याभूत सूचनाको हक एवम सूचनाको हक सम्बन्धि ऐन, २०६४ अनुसार सूचनाको माग गरेका सूचना अभियानकर्मीहरू बेनामी उजुरीका आधारमा प्रहरी हिरासतमा पुगेपछि स्थानीय सरकारप्रति नै चर्को आलोचना भएको थियो ।

कार्यालयको दैनिकी कार्य सम्पादन तथा आवश्यक सूचना जारी गर्ने सूचना अधिकारी तोक्न नसकिएको जनप्रतिनिधिबाटै स्वीकारेका छन् । शनिवार जोरपाटी स्थित भेनस नेशनल कलेजको सभा कक्षामा भएको सूचना प्रवद्र्धनका लागि सरोकारवालको भूमिका विषयमा भएको एक अन्तरक्रिया कार्यक्रममा बाल्दै नगरप्रमुख दीपक कुमार रिसालले सूचनामैत्री नगरको रुपमा चिनाउने प्रयास गरेपनी  उपमेयर सान्नानी लामाले भने कार्य सम्पादनमा केही समस्या रहेको बताइन् । उपमेयर लामाले अहिलेसम्म सूचना अधिकारी खाली रहेको र  तोक्न नसकिएको स्वीकार गरिन ।

गोकर्णेश्वर नगरपालिका र त्यस क्षेत्रका सार्वजनिक निकायहरू सूचनामा नागरिकमत्री नभएको गुनासो आइरहेको बेला नागरपालिकामै सूचनाअधिकारी नहुँदा सञ्चार तथा अभियानकर्मी आफै पीडित छन् । सो कार्यक्रमा नगर प्रमुखले यस अघि बौद्ध प्रहरीले पक्राउ गरिएका सूचना अभियानकर्मीहरूको बारेमा समेत आफ्नो विचार राखेका थिए । मेयर रिसालले सूचना हकसम्बन्धी बनेका कानुनलाई कार्यन्वयन गराउन आफु तत्पर रहेको बताए । तर सूचना मागको नाममा चरित्र हत्या गर्ने काम गरेकोमा चिन्त व्यक्त गरे ।

नगरपालिकाको समृद्धिका लागि सूचना हकको औचित्यबारे थप जानका बनाउन सूचना हकसम्बन्धी तालिमको आयोजना गर्ने प्रतिबद्धता गरे । कार्यक्रम सूचनको हकका लागि राष्ट्रिय महासंघले आयोजना गरेको थियो । सो कार्यक्रममा सूचना हकसम्बन्धी सरोकार राख्ने नागरिक तथा स्थानीय महिला समूहरूको सहभागीता थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.