बिपी चिन्तन वर्तमानमा पनि उत्तिकै सान्दर्भिक

साउन ६, काठमाडौँ । ४२औँ बिपी स्मृति दिवसका अवसरमा बिपी स्मृति पुस्तकालय, गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित कार्यक्रममा बिपी विचार वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेकामा जोड दिइएको छ ।

‘नेपाल, बिपी कोइराला, वर्तमान राजनीति र पठन संस्कृति’ विषयक गोष्ठीमा वक्ताहरूले युुगजयी विचारका माध्यमबाट बिपी कोइरालाले पुु¥याउनुुभएको योगदान अतुलनीय रहेको बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुुरेन्द्रराज पाण्डेले तत्कालीन समयमा बिपीले अघि सार्नुभएका विचार अहिले पनि उत्तिकै सान्दर्भिक भएको बताउनुभयो । त्यही विचार र दूरदृष्टिका कारण स्व कोइरालाको छवि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा उचो उहाँको भनाइ थियो ।

मुख्यमन्त्री पाण्डेले राजनीतिक अस्थिरताका कारण मुलुकलाई गन्तव्यमा पुु¥याउन असहज हुने गरेको बताउनुहुँदै समृद्धि र विकासका लागि राजनीतिक स्थिरता पहिलो सर्त भएको उल्लेख गर्नुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शारदा पौडेलले बिपी कोइराला बहुआयामिक व्यक्तित्व भएको चर्चा गर्नुुभयो ।

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले बिपीका समयमा भारत, चीन जस्ता देशहरूले नेपाललाई हेर्ने दृष्टिकोण उच्चस्तरको भएको उल्लेख गर्नुहुँदै त्यसलाई कायम राख्न नसकिएको जिकिर गर्नुभयो । उहाँले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएकाले बिपीले सारेको आदर्श तथा सिद्धान्तबाट विचलित हुनु नहुनेमा जोड दिनुुभयो । वरिष्ठ अधिवक्ता तिलक पराजुुलीले स्व कोइराला कांग्रेसका मात्र नभइ सबैको गुरू भएको धारणा राख्नुभयो । उहाँले पछिल्लो समय पठन संस्कृति हराउँदै जान थालेकाले बिपीबाट पठन संस्कृति सिक्नुुपर्नेमा जोड दिनुुभयो ।

बिपी स्मृति पुस्तकालय, गण्डकी प्रदेशका अध्यक्ष माधवप्रसाद बाँस्तोला (मधु) को सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री यज्ञबहादुुर थापा, नेपाली कांग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री कोपिला रानाभाट, दीपेन्द्र पराजुली, प्रा डा कुसुमाकर पराजुली, शिव त्रिपाठीलगायतले बिपी कोइरालाको योगदान, विद्यमान पठन संस्कृतिलगायत विषयमा चर्चा गर्नुभएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.