सुनसरीमा हतियारधारी समूहले गोली हानी एक शिक्षकको हत्या

असोज ४, काठमाडौं । सुनसरीको भुताहामा भारतबाट आएको हतियारधारी समूहले एक विद्यालयका शिक्षकको हत्या गरेको छ ।

मोटरसाइकलमा आएको हतियारधारी समूहले स्थानीय एक विद्यालयका शिक्षक हसिद कुर्सित अन्सारीमाथि गोली प्रहार गरी हत्या गरेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले अनलाइनखबरलार्इ दिएको जानकारी अनुसार हतियारधारी समूहको गोली लागेर एक जना प्रहरी पनि घाइते भएका छन् ।

नेपाल–भारत सीमा नाकामा चेकजाँचमा बसेका प्रहरी टोलीलार्इ गोली हानेर उनीहरू भागेको उप्रेतीले बताए । ‘प्रहरीलार्इ घुस्की सीमा क्षेत्रमा गोली प्रहार भएको हो’, उनले भने । घाइते एक प्रहरीलार्इ उपचारका लागि बिराटनगर ल्याइएको जनाइएको छ ।

अहिले जिल्ला सम्पूर्ण नाकाहरु शिल गरिएको प्रहरीले जनाएको छ । उनीहरु चारै जना फरार छन् । हाल घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुर्इ एसपी पुगेका छन् भने व्यापक प्रहरी परिचालन गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.