बैतडीमा बजार अनुगमन कार्यलाई तीव्रता

असोज ४, बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले बजार अनुगमन कार्यलाई तीव्रता दिएको छ।

बजारमा हुने कालोबजारी नियन्त्रण गर्ने, म्याद नाघेका सामग्री बिक्री वितरणमा रोक लगाउने, बजारमा अनुशासन कायम गर्ने, उपभोक्ता अधिकारका विषयमा व्यापारी र उपभोक्तालाई जागरुक गराउनका लागि बजार अनुगमन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी सुरेश घिमिरेले जानकारी दिनुभयो। चाडबाडको समयमा बजारमा कालोबजारी हुने भएकाले बजार अनुगमन कार्यलाई जोड दिइएको होे।

बुधबार शाहीलेक बजारमा अनुगमन गरिएको र केही म्याद नाघेका सामग्री फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो। शाहीलेक बजारमा ६ खुद्रा पसल,२ होटेल, २ हार्डवेयर पसल, २ मिठाई पसल, २ कपडा पसल,२ मासु पसल, एक एक औषधि पसल, कस्मेटिक पसल र मदिरा पसलमा अनुगमन गरिएको बताइएको छ। अनुगमनका क्रममा चियापत्ती, चाउचाउ, विस्कुट र केही कस्मेटिक सामग्री म्याद नाघेको पाइएको अनुगनम टोली संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो।

म्याद सकिएका सामग्री बरामद गरेर नष्ट गरिएको छ। अनुगमन टोली शाहीलेक बजारमा पुग्दा दुई व्यापारीले पसल बन्द गरेकाले किन गरेको हो भन्ने बिषयमा अनुसन्धान भइरहेको जिल्ला प्रसासन कार्यालय बैतडीले जनाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.