अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने

असार १८, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थायित्वका लागि संविधान संशोधनलगायत कार्यसूचीमा सहकार्य गर्न एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न नेपाली कांग्रेससँग समझदारी भएको बताउनुभएको छ ।

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा संविधान संशोधन र कानुन निर्माण गर्नेगरी अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न नेकपा (एमाले) र नेपाली कांग्रेसबीच समझदारी भएको उल्लेख गर्नुभएको छ । उहाँले नेकपा (एमाले) र नेपाली कांग्रेसको समर्थन गर्ने दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरिने पनि उल्लेख गर्नुभएको छ । एमाले र कांग्रेसबीच यस सम्बन्धमा सहमति भएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.