भिजिट भिसामा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया नरोके कारवाही गर्छु : श्रममन्त्री

असार १७, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न आग्रह गरेका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको ३०औँ स्थापना दिवस तथा ३०औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा आज उनले भिजिट र व्यक्तिगत श्रम स्वीकृतिमा हुने ठगी रोक्न सहयोगका लागि सबैलाई आग्रह गरे । मन्त्रि अर्यालले यसकार्यमा म्यानपावर व्यवसायीको संलग्नता रहेको विषयमा मन्त्रालय जानकार रहेकाले सचेत रहन ध्यानाकर्षण गराए । “हामीलाई थाहा छ व्यवसायी नै यस्तो खालको ठगीमा सङ्लग्न छन्, त्यसैले एकपटक म सबैलाई यस्तो गतिविधि रोक्न आग्रह गर्छु । मेरो नेतृत्वले निर्मम भएर यसमा काम कारबाही गर्न नपरोस्”, उनले भने ।

भिजिट भिसा र व्यक्तिगत भिसाको नाममा नेपालीद्वारा नै नेपाली ठगिएको भन्दै मन्त्री अर्यालले वैदेशिक रोजगारी क्षेक्राई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउन जिम्मेवार भएर प्रस्तुत हुन आह्वान गरे । उनले वैदेशिक रोजगारीको क्षेत्रमा वार्षिक रुपमा रु दुई खर्ब एक अर्ब ६० करोड गैरबैंकिङ च्यानलबाट सङ्कलन भइरहेको तथ्याङ्क प्राप्त भइरहेकाले सो रकम औपचारिक माध्यममा ल्याउन मन्त्रालयले नीतिगत रुपमा गहिरो अध्ययन गरिरहेको बताए । सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारी शुल्क वैज्ञानिक बनाइनुपर्ने, इजरायल, जापान र कोरियाको रोजगारी खोल्नुपर्ने, एक सय श्रमिक पठाउने बाध्यकारी व्यवस्थालाई पुनरावलोकन गर्नुपर्नेलगायत माग राखे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.