‘संसदको बयान अगाडि यौन दुर्व्यवहारको आरोपबारे छानबिन होस्’

असोज ३, काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका ब्रेट क्याभानोलाई यौन दुर्व्यवहारको आरोप लगाउने महिलाले अर्को साता सिनेटमा हुने बयानमा आफू सहभागी नहुने बताएकी छन्।

क्रिस्टिन ब्लाजे फोर्डकी वकिल लिजा ब्याङ्क्सले आफ्नो सेवाग्राहीले ज्यानमार्ने धम्की र दुर्व्यवहारको सामना गरिरहेको सिएनएनलाई बताएकी हुन्। फोर्डले संसदमा जानुअघि आफूले लगाएको आरोपबारे संघीय जाँच ब्यूरो एफबीआइले अनुसन्धान गरोस् भन्ने चाहेको लिजाले बताइन्। आफूमाथिको अभियोग अस्वीकार गरेका क्याभानोले भने दोस्रो दिन पनि ह्वाइट हाउसका अधिकारीहरूलाई भेटेका छन्।

आरोप
यौन दुर्व्यवहार गरेको आरोप लागेका ब्रेट क्याभानोबारे आफूलाई नराम्रो महसुस भएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्। क्याभानोलाई ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीश पदका लागि सिफारिस गरेका छन्। क्यालिफोर्नियास्थित विश्वविद्यालयमा प्राध्यापक रहेकी क्रिस्टिन ब्लाजे फोर्डले सन् १९८० को दशकमा आफूलाई क्याभानोले दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। उनको उक्त आरोपबारे सुनुवाइका लागि आउँदो सोमबार अमेरिकी सिनेटमा समय तय गरिएको छ।

साक्षी
तर आरोप लगाइएको उक्त घटनाका एक सम्भावित साक्षी क्याभानोका हाइस्कुलका साथीले भने यो विषयमा आफू सार्वजनिक रुपमा बोल्न नचाहने बताएका छन्। फोर्डले आफू किशोरी हुँदा क्याभानोले आफूलाई उनको कोठामा जबर्जस्ती लगेको र लुगा खोल्ने प्रयास गरेको बताएकी छन्। उक्त घटनाको साक्षी भनिएका क्याभानोका साथी मार्क जजले आफूलाई त्यसबारे कुनै सम्झना नभएको बताएका छन्। जजले प्राध्यापक फोर्डले ब्याख्या गरेजस्तो ब्रेटको व्यवहार आफूले कहिल्यै त्यस्तो नदेखेको पनि बताए। डोनल्ड ट्रम्पले भने क्याभानो अहिले जस्तो परिस्थितिबाट गुज्रिरहेका छन् त्यो हुन नहुने भन्दै आफूले उनीबारे नराम्रो महसुस गरिरहेको बताएका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.